कुस्ती मधेसको पहिचान र अस्मिताको प्रतीक: मन्त्री यादव

पर्सा | कात्तिक २३, २०८१

कुस्ती मधेसको पहिचान र अस्मिताको प्रतीक: मन्त्री यादव

पर्सा:    खानेपानीमन्त्री प्रदीप यादवले कुस्ती मधेसको संस्कृति, परम्परा र इतिहाससँग जोडिएको खेल भएको बताउनुभएको छ ।


वीरगञ्जमा आज आयोजित विराट कुस्ती प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मन्त्री यादवले कुस्ती मधेसको संस्कृति, परम्परा र इतिहाससँग जोडिएको र साहस, अनुशासन तथा शक्ति प्रदर्शनको पराकाष्ठा प्रस्तुत गर्ने अद्भूत मञ्च भएको बताउनुभयो ।


उहाँले भन्नुभयो, “कुस्ती खेल केवल मनोरञ्जनको माध्यम मात्र नभएर, हाम्रो पहिचान र अस्मितासँग जोडिएको छ ।” पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रहनुभएका मन्त्री यादवले कुस्तीको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो । 


“कुस्ती हाम्रो समाजको पुरानो परम्परा हो, जसलाई जगेर्ना गरेर आधुनिक पुस्तामा हस्तान्तरण गर्न आवश्यक छ । यस्ता प्रतियोगिताले युवा पुस्तामा कुस्ती खेलप्रतिको आकर्षण बढाउन, उनीहरूको शारीरिक तन्दुरुस्ती सुधार्न र खेलकुदमा भविष्य खोज्न सहयोग पुर्‍याउँछ”, उहाँले भन्नुभयो ।


यस्ता प्रतियोगिताले समुदायमा खेलकुदको महत्त्वलाई पुनःस्थापित गर्नुका साथै समाजलाई एकताबद्ध गर्न सहयोग पुर्‍याउने मन्त्री यदवले बताउनुभयो । “स्थानीय प्रतिभालाई अवसर र प्रोत्साहन दिनु आजको आवश्यकता हो । यस्तो प्रतियोगिताले युवालाई गलत बाटोमा नलागी खेलकुदमा लाग्न प्रेरित गर्छ, जुन स्वस्थ समाज निर्माणको महत्त्वपूर्ण आधार हो”, उहाँले भन्नुभयो ।


जनता समाजवादी पार्टी ९जसपा० का उपमहासचिव समेत रहनुभएका मन्त्री यादवले विराट कुस्तीजस्ता प्रतियोगिता मधेसको सांस्कृतिक धरोहरको पुनःरुत्थानमा महत्त्वपूर्ण रहेको बताउनुभयो । 


उहाँले भन्नुभयो, “हामीले हाम्रो संस्कृति र परम्परालाई जीवित राख्न कुस्तीजस्तो खेललाई संरक्षण गर्नुपर्छ । यसका लागि सरकारको साथसाथै स्थानीय तह र समुदायको सक्रिय सहभागिता अनिवार्य छ ।”
 

वीरगञ्ज महानगरपालिका र इनरवा महावीर संरक्षक समाजको सहकार्यमा वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित महावीर मन्दिरमा आयोजित प्रतियोगितामा पर्सा, बारा, रौतहटलगायतका भारतका विभिन्न स्थानबाट आएका खेलाडीले सहभागिता जनाउनेछन् । 


कार्यक्रममा सहभागी रहनुभएका वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले कुस्ती प्रतियोगिताजस्तो खेल आयोजनाले महानगरको खेलकुद क्षेत्रमा ठूलो योगदान पुर्‍याएको बताउनुभयो । 


“स्थानीय खेलकुदको संरक्षण र विकासका लागि महानगरपालिकाले सधैँ तत्परता देखाउनेछ”, उहाँले भन्नुभयो । प्रमुख सिंहले प्रतियोगितालाई सफल बनाउन स्थानीय सङ्घसंस्था र समाजसेवीको साथका लागि आभार पनि व्यक्त गर्नुभयो ।

पोखरा:   पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवको तेस्रो दिन हजारौ दर्शकले महोत्सवको अवलोकन गरे ।  महोत्सवमा बिहीबार चर्चित लोकदोहोरी ...

थप पढ्नुहोस्

पोखरा: पोखराको सेन्ट मेरीज स्कुलमा आयोजित १९ औं राष्ट्रिय विद्यार्थी गुणीय चक्रको सम्मेलन जारी रहेको छ ।   कार्यक्रमको दोश्रो दिन मनशा स्मृति सर्व गुणीय व्यक्ति पुरस्कार छनौटका लागि पहिलो चरणबाट छनौट भएक...

थप पढ्नुहोस्

पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...

थप पढ्नुहोस्